ad ad

राजनीति


चीनको चेतावनी बाबजुद अमेरिकाले ताइवान पठायो २५ लाख डोज काेराेना भ्याक्सिन

चीनको चेतावनी बाबजुद अमेरिकाले ताइवान पठायो २५ लाख डोज काेराेना भ्याक्सिन

नेपालखबर
असार ६, २०७८ आइतबार ८:२१,

अमेरिकी राज्य विभागका प्रवक्ता नेड प्राइसले शनिबार ट्विटगर्दे ताइपेइको लागि २५ लाख डोज खोप ढुवानी गरेको जानकारी दिएका हुन्।

अमेरिकाले पठाएको मोडेर्नाको खोपहरु ताइवानको स्थानीय समयअनुसार आइतबार साँझ त्यहाँ आइपुग्नेछ।

ताइवानमा यतिबेला कोरोनाको खतरा बढिरहेको छ। तर हरेक १ लाख व्यक्तिमध्ये ६ जनाले मात्र खोप लगाउन पाएका छन्।

यसबीचमा चीनले ताइवानलाई पुग्दो खोप सहयोग गर्ने बताइरहँदा ताइवानले भने चिनियाँ खोप अस्वीकार गरिरहेको छ।

यसअघि अमेरिकाले ताइवानलाई ७ लाख ५० हजार डोज खोप प्रदान गर्ने वाचा गरेको थियो। तर यतिबेला अमेरिकाले संख्या बढाएर २५ लाख डोज खोप प्रदान गर्न लागेको हो।

Taiwan President Wishes China Happy New Year, Gets Warm Response

ताइवानकी राष्ट्रपति साई इंग वेनले अमेरिकी खोप आउने भएपछि ठिक समयमा सहयोग पाएको बताएकी छिन्।

ताइवानलाई चीनले आफ्नो क्षेत्र भएको दाबी गर्दछ। ताइवानसँग कसैले आफ्नो सहमति बेगर स्वतन्त्र रुपमा सहमति र सम्झौता गर्न नपाउने चीनको भनाइ छ।

तर अमेरिको अटेर गर्दै ताइवानलाई सहयोग गरेको हो। ताइवानलाई आफूले सैन्य कारवाही गरेरै कब्जा गर्ने चीनले बताउँदै आएको छ।

यसबीचमा चीनलाई चिढ्याउन जी ७ मुलुकले ताइवानलाई सहयोग गर्ने संकेत दिएका छन्। जी७ राष्ट्रले चीनलाई ताइवानको सीमामा तनाव नबढाउन भनेको छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .