नेपाल बैंक लिमिटेडले ३ अर्ब २० करोड रुपैयाँ लगानीको लागि अन्य वाणिज्य बैंकहरुलाई आह्वान गरेको छ।
नेपाल बैंकको कर्मचारी अवकाश कोष व्यवस्थापन ट्रस्टमा रहेको रकम लगानी गर्न चाहेको हो।
बैंकले आज सार्वजनिक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त वाणिज्य बैंकहरुलाई मंगलबार ४ बजेसम्म आवेदन दिन भनेको छ।
नेपाल बैंकले सूचनामार्फत भनेको छ, ‘यो लगानी तीन महिनाको लागि हुनेछ। आवेदन दिँदा ५० करोड रुपैयाँ नबढ्ने गरी एउटा बैंकले आवेदन दिनुपर्नेछ। त्यस्तै आवेदनमा दिन चाहेको ब्याजदर समेत उल्लेख गर्नुपर्नेछ।’
प्रतिक्रिया