राजनीति


आफैँले उद्घाटन गरेको सीबीआई भवनमा आरोपी बनेर पुगे चिदम्बरम

आफैँले उद्घाटन गरेको सीबीआई भवनमा आरोपी बनेर पुगे चिदम्बरम

नेपालखबर
भदौ ५, २०७६ बिहिबार ६:५७,

कांग्रेसका पी चिदम्बरमलाई भ्रष्टाचारको आरोपमा दिल्लीस्थित उनकै घरैबाट पक्राउ गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

दिल्लीस्थित उच्च अदालतले चिदम्बरमको जमानतको प्रस्ताव अस्वीकार गरेको थियो। त्यसको एक दिनपछि उनलाई पक्राउ गरिएको हो। सो अभियोगमा उनका छोरा पनि मुछिएको जनाइएको छ।

कांग्रेस आईका तर्फबाट दुई पटक भारतको अर्थमन्त्री बनेका चिदम्बरम सन् १९८४ यता भारतीय सांसदका रूपमा रहँदै आएका छन्। उनी गृहमन्त्री पनि बनेका थिए।

भ्रष्टाचारको अभियोग ‘भारतीय जनता पार्टीको राजनीतिक उद्देश्यबाट प्रेरित रहेको’ उनका वकिलले अदालतमा बताएका थिए।

सन् २०११ जुन ३० तारिखका दिन जब चिदम्बरम भारतका गृहमन्त्री थिए। उनले प्रधानमन्त्री मनमोहन सिंहसँगै सीबीआई अर्थात् भातरको केन्द्रीय अनुसन्धानक ब्युरोको नयाँ भवनको उद्घाटन गरेका थिए।

यतिबेला उनलाई सोही संस्थाले गिरफ्तार गरेको छ। उनीमाथि अनुसन्धान भइरहेको भारतीय संचार माध्यमले जनाएका छन्।

(भिडियाे)

आरोप के हो?

अनुसन्धानकर्ताहरूले उनी एक मलेशियाली कम्पनीले गरेको दूरसञ्चार संस्था एयरसेलको गैरकानुनी अधिग्रहणमा संलग्न रहेको आरोप लगाएका छन्।

उनीमाथि सन् २००७ मा अर्थमन्त्री हुँदा घुस खाएर विदेशी लगानीलाई बाटो खोलिदिएको पनि आरोप छ। चिदम्बरमले भने त्यसलाई अस्वीकार गर्दै आएका छन्।

आईएनएक्स समूहसँगको उक्त प्रकरणमा सीबीआई र आर्थिक अपराधको अनुसन्धान गर्ने भारतीय निकायले उनी र उनका छोरा कार्ती चिदम्बरमको अनुसन्धान गरिरहेको छ।

सीबीआईका अनुसार आइएनएक्स मिडिया ग्रुपलाई ३ सय ५ करोड विदेशी अनुदानको स्वीकृति दिँदा चिदम्बरमले भ्रष्टाचार गरेका थिए।

यस्तै चिदम्बरम अर्थमन्त्री रहँदा नै ६ सय करोडको विदेशी लागनी स्वीकृति गराउनु पर्नेमा उनले सरकारको नीतिभन्दा बाहिर गएर ३५ सय करोड भारतीय रुपैयाँ एयरसेल–मेक्सिस डिल कसैको अनुमति बिना पास गराएका थिए।

कंग्रेस पार्टीका वरिष्ठ नेता चिदम्बरम तमिलनाडु राज्यबाट प्रतिनिधित्व गर्ने सांसद हुन्। सीबीआईले चिदम्बरमलाई सन् २०१८ मा पक्राउ गरे पनि पछि उनलाई जमानतमा छाडिएको थियो।

मनमोहन सरकारको पालमा चिदम्बरम अर्थमन्त्री थिए। उनका मुद्दाले विवादहरु निम्त्याएको थियो। त्यसबेला उनीमाथि २जी घोटालाको आरोपसमेत लागेको थियो।

तामिलनाडु राज्यबाट चुनाव लड्नु अगाडि राजीव गान्धीसँग चिदम्बरमको भेट भएको थियो। सन् १९८४ मा चिदम्बरमले राजीव गान्धीलाई निकै प्रभावित बनाएका थिए।

गिरफ्तारी अगाडि बुधबार चिदम्बरमले आफूमाथि लगाइएका आरोपहरु झुठो भएको बताएका थिए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad