ad ad

राजनीति


गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीले पाए विश्वासको मत

नेपालखबर
असार ४, २०७८ शुक्रबार १०:४७,

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेश सभामा विश्वासको मत पाएका छन्।

मतदानमा ५८ जना सांसद उपस्थित हुँदा उनको प्रस्तावको पक्षमा ३१ मत परेको थियो भने विपक्षमा २७ मत पर्यो।

शुक्रबार प्रदेश सभामा भएको मतदानमा उनले विश्वासको मत पाएका हुन्।

५९ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३० मत आवश्यक पर्नेमा उनको पक्षमा ३१ मत खसेको छ।

प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पार्टी कारबाहीमा परी पदमुक्त भएका छन् भने सभामुखले बराबर मत भएको अवस्थामा बाहेक मतदानमा सहभागी नहुने व्यवस्था छ।

उनलाई नेकपा एमाले बाहेकका दलले मत दिएका छन्।

मुख्यमन्त्री पोखरेल नेपालीको पक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी लगायतको गठबन्धनबाट जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

एमालेका मुख्यमन्त्री रहेका पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि पोखरेल नेपालीले बहुमत पुर्‍याएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .