खेल


यी १० खेलाडी जसले युरोकपमा छिटो गोल गरेर बनाए कीर्तिमान

यी १० खेलाडी जसले युरोकपमा छिटो गोल गरेर बनाए कीर्तिमान

नेपालखबर
असार ४, २०७८ शुक्रबार १०:४५,

युईएफए युरोपियन च्याम्पियनसिपमा बिहीबार राति भएको खेलमा डेनमार्कका युस्सुफ पउलसेनले खेल सुरु भएको ९९ सेकेन्डमा नै गोल गर्दै छिटाे गाेल गर्नेमा दाेस्राे स्थानकाे कीर्तिमान आफ्नो नाममा गरे।

यसअघि त्यो कीर्तिमान पोल्याण्डका रोबर्टो लेवान्डोस्कीको नाममा थियो। युरोपियन च्याम्पियनसिपमा सर्वाधिक छिटो गोल गर्ने १० खेलाडीको चर्चा तल गरिएको छ।

दिमित्री किशिचेन्को (रसिया)
युरोपियन च्याम्पियनसिपमा सर्वाधिक छिटो गोल गर्ने खेलाडीको शीर्ष स्थानमा रसियाका दिमित्री किशिचेन्को छन्।

सन् २००४ मा भएको युरो कपमा उनले ६७ सेकेन्डमा गोल गर्दै सर्वाधिक छिटो गोल गर्ने खेलाडीको किर्तिमान आफ्नो नाममा गरेका हुन्।

दिमित्रीले सर्वाधिक छिटो गोल गरेको त्यो खेलमा रसियाले ग्रिकलाई २–१ ले हराएको थियो। दिमित्रीले ग्रिकसँगको खेलमा गरेको त्यो गोलको किर्तिमान कुनै खेलाडीले तोड्न सकेका छैनन्।

युस्सुफ पउलसेन (डेनमार्क)
युरोपियन च्याम्पियनसिप २०२० अन्तर्गत शुक्रबार राति भएको खेलमा बेल्जियमविरुद्धको खेलमा डेनमार्कका युस्सुफ पउलसेनले खेलको ९९ सेकेन्डमा नै गोल गर्दै कीर्तिमान आफ्नो नाममा गरे।

बेल्जियमसँग २–१ ले पराजित भएको खेलमा पउलसेनले खेल सुरु भएको १ मिनेट ३९ सेकेन्डमा नै गोल गर्दै अग्रता दिलाएका थिए।

रोबर्टो लेवान्डोस्की (पोल्याण्ड)
पोल्याण्डका स्टाइकर रोबर्टो लेवान्डोस्कीले सन् २०१६ मा भएको युरोपियन च्याम्पियनसिपमा १ मिनेट ४० सेकेन्डमा गोल गर्दै सर्वाधिक छिटो गोल गर्ने खेलाडीको दोस्रो स्थानमा थिए।

तर उनको यो कीर्तिमान डेनमार्कका युस्सुफ पउलसेनले तोडे। पोर्चुगलविरुद्धको खेलमा लेवान्डोस्कीले सुरुवाती अग्रता लिएको खेल निर्धारित समयमा एक एक को बराबरी भएपछि पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भयो।

रोबी ब्रैडी (रिपब्लिक अफ आयरल्याण्ड)
सन् २०१६ मा भएको युरोपियन च्याम्पियनसिप अन्तर्गत राउण्ड अफ १६ को खेलमा रोबी ब्रैडीले खेलको दोस्रो मिनेटमा नै गोल गरे। फ्रान्सविरुद्धको खेलमा गणतन्त्र आयरल्याण्डका रोबीले दोस्रो मिनेटमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

रोबीको गोलमा आयरल्याण्डले सुरुवाती अग्रता लिएपनि सो खेल फ्रान्सले २–१ ले जितेको थियो।

सर्गे अलेनिकोभ (सोभियत युनियन)
सोभियत युनियनका सर्गे अलेनिकोभले सन् १९८८ मा भएको युरोपियन च्याम्पियनसिपमा खेलको दोस्रो मिनेटको ७ सेकेन्डमा गोल गरेका थिए। सोभियत राष्ट्रिय फुटबल संघलाई सेमिफाइनल पुग्नैपर्ने खेलमा उनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

पेट जिरेक (चेक रिपब्लिक)
चेक रिपब्लिकका पेट जिरेकले सन् १०१२ मा भएको युरोकपमा खेलको दुई मिनेट १४ सेकेन्डमा नै गोल गरेका थिए। समुह ए मा रहेको चेक रिपब्लिकले ग्रिकलाई २–१ ले पराजित गर्दै ३ अंक जोडेको थियो।

एलन शियरर (इङल्याण्ड)
सन् १९९६ को युरोकपको सेमिफाइनल खेलमा इङल्याण्डका एलन शियररले जर्मनीविरुद्धको खेलमा सर्वाधिक छिटो गोल गर्दै किर्तिमान बनाए। उनले खेलको २ मिनेट १४ सेकेन्डमा नै गोल गरेका थिए। यो गोलसँगै उनले प्रतियोगितामा पाँचौँ गोल गरेका थिए। निर्धारित समयमा एक एक गोलको बराबरी भएको खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टी सुटआउटमा इङल्याण्ड जर्मनीसँग ६–५ ले पराजित भयो।

माइकल ओवेन (इङल्याण्ड)
इङल्याण्डका स्टाइकर माइकल ओवेनले पोर्चुगलविरुद्धको खेलमा २ मिनेट २५ सेकेन्डमा गोल गरे। उनी युरो कपमा सर्वाधिक छिटो गोल गर्ने खेलाडीको आठौँ स्थानमा छन्।

सन् २००४ मा भएको खेलमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए पनि टोलीको हार टार्न भने सकेनन्। निर्धारित समयमा २–२ को बराबरीमा सकिएको खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगलले ६–५ मा बाजी मार्यो।

रिस्तो स्टोइकोभ (बुल्गेरिया)
बुल्गेरियाका फरवर्ड रिस्तो स्टोइकोभले सन् १९९६ मा रोमानियासँगको खेलमा सर्वाधिक छिटो गोल गर्ने खेलाडी बने। उनले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको २ मिनेट २७ सेकेन्डमा उनले गरेको गोल नै टोलीका लागि निर्णायक बन्यो। खेलको सुरुवातमा नै गरेको गोलले बुल्गेरियाले रोमानियालाई १–० ले पराजित गर्यो।

चुस पेरेडा (स्पेन)
स्पेनिस मिडफिल्डर चुस पेरेडा युरोकपमा सर्वाधिक छिटो गोल गर्ने खेलाडीको दशौँ स्थानमा छन्। सन् १९६४ मा भएको युरोकपमा सोभियत संघविरुद्धको खेलमा उनले खेलको छैटौँ मिनेटमा गोल गरे।

खेल सुरु भएको ५ मिनेट १७ सेकेन्डमा गोल गर्दै उनले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यो खेलमा स्पेनले सोभियत संघलाई २–१ ले हरायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad