ad ad

राजनीति


मुख्यमन्त्री राउतलाई प्रदेश प्रमुख झाको पत्र : सरकारलाई गैरमधेसीसहित समावेशी बनाउनू

मुख्यमन्त्री राउतलाई प्रदेश प्रमुख झाको पत्र : सरकारलाई गैरमधेसीसहित समावेशी बनाउनू

शैलेन्द्र महतो
जेठ ३०, २०७८ आइतबार ८:२३,

प्रदेश २ का प्रदेश प्रमुख राजेश झा अहिराजले मुख्यमन्त्री लालबाबु राउतलाई प्रदेश सरकार गैरमधेसी र दलितसमेत समेटेर समावेशी बनाउन आग्रह गरेका छन्।

झाले मुख्यमन्त्रीलाई शुक्रबार एक पत्र लेखी त्यसबारे स्मरण गराएका हुन्।

पछिल्लो पटक पुनर्गठन गरिएको मन्त्रिपरिषदमा गैरमधेसी, महिला र दलितलाई संविधानको भावना बमोजिम समावेशी नगरिएको भनी झाले उनको ध्यानाकर्षण गराएका हुन्।

‘प्रदेश भित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउनु प्रदेश सरकारको जिम्मेवारी र दायित्व पनि हो,’ पत्रमा झाले राउतलाई भनेका छन्, ‘प्रदेश भित्रका महिला, दलित, आदिवासी, गैरमधेसी लगायतका पक्षलाई समानुपातिक समावेशी उपस्थितितर्फ विशेष पहल गर्न स्मरण गराइन्छ।’

उनले जनताको त्याग संघीयतामाथिको आस्था र संविधानमाथिको विश्वासलाई थप प्रगाढ गर्न र हालको व्यवस्थालाई थप बलियो बनाउन प्रदेश सरकारले संविधानको मूल भावनाअनुकूल व्यवहार गर्न सो स्मरण पत्र लेखिएको जनाएका छन्।

अहिलेको मन्त्रिपरिषदमा लालबाबु राउत मुख्यमन्त्री, विजय यादव आर्थिक मामिला तथा योजना मन्त्री, ज्ञानेन्द्र कुमार यादव आन्तरिक मामिला तथा कानुन मन्त्री, शैलेन्द्र साह भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री, नवलकिशोर साह सुडी सामाजिक विकास मन्त्री र रामनरेश राय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका छन्।

राज्यमन्त्रीमा उषा यादव, सरोज सिंह र योगेन्द्र राय यादव छन्।

प्रदेश प्रमुख झाको पत्र:

JhaLetter 1

JhaLetter 2

JhaLetter 3

JhaLetter 4

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .