ad ad

राजनीति


गण्डकी प्रदेश सांसद कृष्ण थापा पदमुक्त, पोखरेललाई मुख्यमन्त्री बन्न सहज

गण्डकी प्रदेश सांसद कृष्ण थापा पदमुक्त, पोखरेललाई मुख्यमन्त्री बन्न सहज

नेपालखबर
जेठ २८, २०७८ शुक्रबार ६:३४,

गण्डकी प्रदेशका सांसद कृष्ण थापा पदमुक्त भएका छन्।

शुक्रबार बसेको प्रदेश सभाको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले उनलाई पार्टीको सिफारिशमा पदमुक्त गरिएको सूचना पढेर सुनाएका हुन्।

बिहीबार प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावमा राष्ट्रिय जनमोर्चाका सांसद थापा तटस्थ बसेका थिए।

उनी पार्टी निर्णयविपरित तटस्थ बसेका कारण उनलाई पार्टीले कारबाही गरेको हो।

नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनमा रहेको जनमोर्चाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो।

तर थापा भने विपक्षी गठबन्धनको विरुद्ध उभिँदै आएका छन्।

पार्टीले थापालाई पदमुक्त गर्न भनी गरेको सिफारिशअनुसार सभामुख नेत्रनाथ अधिकारीले उनलाई पदमुक्त गरिएको पत्र सभाको बैठकमा पढेर सुनाएका हुन्।

तर सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले भने त्यसप्रति असहमति जनाएका छन्।

उनले सभामुख कुनै पार्टीको गुरिल्ला बनेको आरोप लगाए।

उनी पदमुक्त भएपछि अब प्रदेश सभामा कायम रहेको संख्या घटेको छ। उनको पद गएसँगै सरकार बनाउन ३० जना सभासद हुँदा पुग्नेछ।

यसअघि नै मन्त्री दिपक मनाङेले मुख्यमन्त्री गुरुङलाई साथ नदिने भनी घोषणा गरेका थिए।

उनले विपक्षी गठबन्धनलाई साथ दिने भनेपछि गठबन्धन बलियो बनेको छ। विपक्षीले मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेका नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेल नेपालीको संभावना अहिले अझ सहज भएको छ।

कृष्ण थापा समेत पदमुक्त भएपछि सदनमा बहुमत हासिल गर्नुपर्ने संख्या कम भएको हो।

यसअघि पनि थापालाई पार्टीले कारबाही गरेपछि उनी त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए।

अदालतले अन्तरिम आदेश जारी गर्दै उनलाई काम कारबाही गर्नबाट नरोक्न भनेको थियो।

त्यसविरुद्ध थापाले विपक्षी बनाएका जनमोर्चा पार्टीका नेता र सभामुख अधिकारी अदालतमा सो आदेश बदर गर्न माग गर्दै पुनः सर्वोच्च पुगेका छन्।

त्यसबारे सुनुवाइका लागि अदालतले दुवै पक्षलाई सोमबार अदालतमा बोलाएको छ।

यसैबीच सभाको बैठकमा प्रदेश सरकारका मन्त्री उपस्थित नभएकोले सदन स्थगित भएको छ।

सदन चल्नका लागि कम्तिमा एक जना मन्त्री उपस्थित हुनुपर्ने व्यवस्था छ।

Gandaki notice 28Jeth

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .