सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा खुसी भएका छन्।
अध्यादेशविरुद्ध अदालतले बिहीबार आदेश जारी गर्नासाथ अध्यक्ष थापाले त्यसको स्वागत गरेका हुन्। यसअघि उनले यस अध्यादेशको व्यापक विरोध गरिरहेका थिए।
यो पनि : आपत्तिजनक अध्यादेश फिर्ता हुनुपर्छ : कमल थापा
‘नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश स्वागतयोग्य छ,’ थापाले ट्विटरमा लेखेका छन्।
यो पनि : नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

प्रतिक्रिया