ad ad

राजनीति


आपत्तिजनक अध्यादेश फिर्ता हुनुपर्छ : कमल थापा

आपत्तिजनक अध्यादेश फिर्ता हुनुपर्छ : कमल थापा

नेपालखबर
जेठ ९, २०७८ आइतबार १३:३१,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सत्ता स्वार्थका लागि ओली नेतृत्वको सरकारले नागरिकतासम्बन्धी अध्यादेश जारी गराएको प्रति गम्भीर आपत्ति प्रकट गरेका छन्।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन्।

यो राष्ट्रहितविपरीत र आपत्तिजनक अध्यादेश भएको भन्दै फिर्ता लिन थापाले सरकारसँग माग गरेका छन्।

‘नागरिकता विधेयक संसदमा विचाराधीन छ। तर सत्ता स्वार्थको निम्ति नागरिकताजस्तो सम्वेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरताबीच सरकारले जुन अध्यादेश जारी गरेको छ, त्यसको भत्सर्ना गर्दछु,’ थापाले भनेका छन्, ‘यो राष्ट्रहितविपरीत र आपत्तिजनक अध्यादेश फिर्ता हुनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .