प्रदेश २ सरकारको अगामी आर्थिक वर्ष २०७८-०७९ नीति तथा कार्यक्रम बिहीबार प्रदेसभामा प्रस्तुत भएको छ। प्रदेश प्रमुख राजेश झाले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
नीति तथा कार्यक्रममा चुरे संरक्षण स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारीलाई विशेष जोड दिइएको छ।
संघीय सरकारले व्यापार घाटा न्यूनीकरणका लागि गिट्टी बालुवा उत्खनन् गरी निर्यात गरेर व्यवसाय गर्ने गरी गरेको बजेट प्रस्तुतलाई प्रदेशको नीति तथा कार्यक्रमले कउण्टर दिएको छ।
चुरे विनाशले प्रदेश लगायत देश नै मरुभूमि करण हुने भन्दै सरकारले चुरे संरक्षणका लागि कानूनी तथा प्रशासनिक नीति अवलम्बन गर्ने नीति तथा कार्यक्रममा समेटेको छ।
नदीको बालुवा, ढुंगा आदि ढुवानीमा नियन्त्रण गर्ने तथा चुरेको क्षेत्रमा जलाशय निर्माण लगायतको नीति प्रदेश सरकारले लिएको छ।
कोरोन महामारीले देश प्रदेश अक्रान्त रहेकाले स्वास्थ्य क्षेत्रमा विशेष जोड दिएको छ। प्रदेश भित्रका अस्पतालहरुको स्तरोन्नति गर्ने, सेवासुविधा थप गर्ने लगायत कार्यक्रममा समेटिएको छ।
प्रदेश सरकारले कोरोना महामारीका कारण उत्पन्न बेरोजगारी समस्या समाधान गर्नका लागि अध्ययन गरेर प्रदेशमै रोजगारी श्रृजना गर्ने भएको छ।
यसका लागि मझौला उद्योगहरुलाई प्रोत्साहन गरिने, वैदेशिक रोजगारबाट फर्केका युवाहरुका लागि नव प्रवद्र्धन कृषि परियोजनालाई निरन्तरता, कृषि बिमा कार्यक्रम, कृषि सडक निर्माण, कृषिमा आधुनिकिकरण लगायतका कार्यक्रमहरु ल्याइने जनाएको छ।
प्रदेशसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएको पाइएको छ।
प्रदेश सरकारले आर्थिक रुपमा विपन्न, दलित तथा मुस्लिम छात्राहरुको शैक्षिक स्तर उकास्नका लागि विशेष छात्रवृति कार्यक्रम कार्यक्रमहरु समावेश गरिएको छ।
यस्तो छ नीति तथा कार्यक्रम
प्रतिक्रिया