नेकपा (माओवादी केन्द्र)को कारबाहीका कारण प्रदेश २ मा सांसद पद गुमाएकी ज्वाला कुमारी साह केन्द्रीय सरकारकाे मन्त्री बनेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गरेको मन्त्रिपरिषदमा शाहलाई कृषिमन्त्रीको पद उपहार दिएका हुन्।
साह नेकपा माओवादी केन्द्रबाट बारा क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन्। पहिलो संसद विघटन पश्चात ओली पक्षमा लागेपछि माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो। कारबाहीको क्रममा उनी पदमुक्त भएकी थइन्। उनी माओवादीबाट ओली पक्षमा लागेका नेता प्रभु साह निकट नेतृ हुन्।
सर्वोच्चको आदेशमा नेकपा विघटन भइ दुवै पार्टी पूर्वको अवस्थामा पुगेपनि नेतृ साह खुलेरै ओलीको पक्षमा लागेकी थिइन्। एमाले ओली कित्तामा लागेपछि माओवादीले ३० चैतमा साहसहित चारजना सांसदलाई कारबाही गरी पदमुक्त गरेको थियो। उनी लगायत प्रत्यक्ष निर्वाचित सांसद रामचन्द्र मण्डल, कुन्दन कुशवाहा र मो. सामिरलाई पदमुक्त गरिएको थियो।
चारैजना मध्ये महिला तर्फबाट उनलाई मन्त्री बनाइ उनीहरुलाई सान्त्वना दिइएको जनाइएको छ।
Shares

प्रतिक्रिया