राजनीति


प्रदेश २ सरकारको नीति तथा कार्यक्रम आज

प्रदेश २ सरकारको नीति तथा कार्यक्रम आज

नेपालखबर
जेठ २७, २०७८ बिहिबार ३:५६,

प्रदेश नम्बर २ को प्रदेशसभा बैठकमा आज अगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ।

दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश २ का प्रमुख राजेश झा अहिराजले प्रदेश सरकारको नीति तथा कार्यक्रम पढेर सुनाउने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

बुधबार बसेको प्रदेशसभा बैठकमै सभामुख सरोज कुमार यादवले बिहीबार दिउँसो २ बजे प्रदेश प्रमुखबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने जानकारी दिएका थिए।

समयमै बैठकमा उपस्थित हुन पनि उनले सांसदहरुलाई सूचना गरेका छन्। प्रदेश २ सरकारले यसपटक नागरिकको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .