विघटित प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन्।
शुक्रबार दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने गरी उनले सर्वदलीय बैठक बोलाएका हुन्।
बैठकमा सहभागी हुनको लागि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वप्रधानमन्त्री र राजनीतिक दलका नेतालाई समेत आमन्त्रण गरेका छन्।
समसामयिक विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न लागिएको सभामुखनिकट स्रोतले जनाएको छ।
प्रधानमन्त्री ओलीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेपछि सभामुख सापकोटाले जेठ २३ गते कानुनविद् र जेठ ११ गते पूर्वसभामुखहरुसँग छलफल गरिसकेका छन्।
3
Shares

प्रतिक्रिया