ad ad

राजनीति


एमाले पार्टी कार्यालयमा निवर्तमान र बहालवाला मन्त्रीको जमघट

एमाले पार्टी कार्यालयमा निवर्तमान र बहालवाला मन्त्रीको जमघट

नेपालखबर
जेठ २५, २०७८ मंगलबार ११:५९,

नेकपा–एमाले पार्टी कार्यालयमा मंगलबार बहालवाला र निवर्तमान मन्त्रीहरुको जमघट थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीमण्डल पुनर्गठन गरेपछि सरकारबाट बाहिरिएका निवर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री रहेका प्रदीप ज्ञवाली र पर्यटन मन्त्रालयबाट बाहिरिएका भानुभक्त ढकाल पनि थापथलीस्थित पार्टी कार्यालयमा जम्मा भएका थिए।

तीनै जना पूर्वमन्त्री मंगलबार थापाथलीस्थित पार्टी कार्यालयमा जम्मा हुँदा वर्तमान स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पनि पुगेका थिए।

सो अवसरमा पार्टी महासचिव समेत रहेका पोखरेलले तामाङलाई कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि चिनिया कम्युनिस्ट पार्टीबाट सद्भावस्वरुप प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्य हस्तान्तरण गरेका थिए।

उनले विभिन्न दातामार्फत् पार्टीलाई प्राप्त सहयोग मन्त्रीमार्फत् राज्यलाई बुझाउनुपर्ने नीतिअनुरुप ती सामग्री स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .