राजनीति


नेपाल समूहको साथले सुदूरपश्चिममा पनि जोगियो माओवादी सरकार, कसले कता गरे मतदान? (नामसहित)

नेपाल समूहको साथले सुदूरपश्चिममा पनि जोगियो माओवादी सरकार, कसले कता गरे मतदान? (नामसहित)

गोकुल जोशी
जेठ २५, २०७८ मंगलबार ९:२९,

नेकपा एमालेको नेपाल समूहले माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार जोगाएको छ।

मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभामा मंगलबार भएको मतदानमा विश्वासको मत प्राप्त गरेका छन्।

प्रदेश सभामा मुख्यमन्त्री भट्टले प्रस्तुत गरेको विश्वासको मत पाउँ भन्ने प्रस्तावको पक्षमा ३० र विपक्षमा ९ मत परेको छ।

५१ जना सांसद बैठकमा उपस्थित भए पनि नेपाली कांग्रेसका १२ जना मतदानमा सहभागी भएनन्।

सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभामा कायम सम्पूर्ण सदस्य संख्याको आधारमा मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गरेको घोषणा गरे।

नेकपाको ओली समूह र जनता समाजवादी पार्टीका दुई सांसदले उनको विपक्षमा मतदान गरेका हुन्। उनीहरु दुवै महन्थ ठाकुर पक्षका हुन्। जसपाको ठाकुर पक्ष अहिले ओलीसँगको सत्तारुढ गठबन्धनमा छन्।

एमालेको केन्द्रीय नेतृत्वको निर्देशनविपरित नेपाल समूहले मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्रदान गरेको छ।

फुटको संघारमा रहेको एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दल पनि दुई चिरामा विभाजित छ।

१० जेठमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेका स्थायी कमिटी बैठकले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

यद्यपी १२ जेठमा बसेको नेपाल समूहको बाहुल्यता रहेको प्रदेशको संसदीय दलको बैठकले भने पार्टीको केन्द्रीय निर्देशनविपरित समर्थन यथावत् राख्ने निर्णय गरेको थियो। त्यसलगत्तै ४ मन्त्री र ३ राज्यमन्त्रीसहित नेपाल समूह सरकारमा सहभागी भएको थियो।

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाले समेत मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गर्न आफ्नो पार्टीका प्रदेश सांसदलाई निर्देशन जारी गरेका थिए। तर नेपाल समूहका सांसदले संस्थापन पक्षको निर्देशन उल्लंघन गर्दै माओवादी केन्द्र नेतृत्वको सरकार जोगाएका हुन।

सभामुखसहित २५ प्रदेश सांसद रहेको नेकपा एमालेको नेपाल समूहका १७ सांसदले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएका थिए भने ओली समूहका ७ सांसदले विपक्षमा मतदान गरे।

नेकपा एमालेको नेपाल समूहका १७ र माओवादी केन्द्रका १३ सांसदसहित मुख्यमन्त्री भट्टले ३० मत प्राप्त गरेका हुन्। सो प्रदेशमा बहुमतका लागि २७ मत आवश्यक पर्छ।

यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत मागेकोमा त्यहाँ पनि ओलीको निर्देशनविपरित नेपाल समूहका सांसदहरुले शाहीको पक्षमा मतदान गरी माओवादी नेतृत्वको प्रदेश सरकार जोगाएका थिए। 

यो पनिः सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने सांसद
नेपाल समूह
१. अर्चना गहतराज २. अमरबहादुर साउँद ३. कुलवीर चौधरी ४. कृष्णराज सुवेदी ५. तारा लामा तामाङ्ग ६. दीर्घबहादुर सोडारी ७. पूर्णा जोशी ८. प्रकाशबहादुर शाह ९. प्रकाश रावल १०. माया भट्ट ११. लालबहादुर खड्का १२. दुर्गाकुमारी कामी १३. बलबहादुर सोडारी १४. मनाकुमारी साउँद १५. सुशीला बुढाथोकी १६. हर्कबहादुर कुँवर १७. चुनुकुमारी चौधरी

माओवादी केन्द्र
१. अक्कलबहादुर रावल २. देवकी मल्ल (थापा) ३. नन्दबहादुर साउँद ४. निर्मला बडाल (जोशी) ५. प्रेमप्रकाश भट्ट ६. महेशदत्त जोशी ७. मानबहादुर धामी ८. वीरमान चौधरी ९. शान्ती नेपाली १०. कुन्ती जोशी ११. मानबहादुर सुनार १२. विनितादेवी चौधरी १३. त्रिलोचन भट्ट

विपक्षमा मतदान गर्ने सांसद
ओली समूह
१. पठानसिंह बोहरा २. लिलाधर भट्ट ३. गेल्बुसिंह बोहरा ४. रतन थापा ५. माया तामाङ्ग (बोहरा) ६. नेपालु चौधरी ७. बलदेव रेग्मी

जनता समाजवादी पार्टी
१. कृष्णबहादुर चौधरी २. मालामति देवी राना थारु

तटस्थ बस्ने (नेपाली कांग्रेसका सांसद)
१. अम्बीकुमारी थापा २. उमाकुमारी वादी ३. कर्णबहादुर मल्ल ४. नन्दा बम ५. गोविन्दराज बोहरा ६. टेकबहादुर रैका (आउजी) ७. डिल्लीराज पन्त ८. दिव्यश्वरी शाह ९. देवराज पाठक १०. भरतबहादुर खड्का ११. रणबहादुर रावल १२. श्यामलाल राना थारु

याे पनि : 

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

सुदूरपश्चिममा ओलीको निर्णय किन भयो ‘फेल’?

सुदूरपश्चिम एमालेमा ओली र नेपाल समूहबीच ‘कारबाहीको होडबाजी’

ओली पक्षले मुख्यमन्त्रीको राजीनामा माग्दा नेपाल-खनाल समूह प्रतिरक्षामा!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .