राजनीति


सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

गोकुल जोशी
जेठ २४, २०७८ सोमबार ६:५२,

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भोलि मंगलवार प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।

नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेका मुख्यमन्त्री भट्टले भोलि विश्वास मत लिने कार्यक्रम तय भएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका प्रवक्ता सिद्धराज चटौतले जानकारी दिए।

नेकपा एमालेको ओली पक्षले १० जेठमा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

यद्यपी नेपाल–खनाल समूहको बहुमत रहेको एमाले प्रदेश संसदीय दलले भने १२ जेठमा समर्थन यथावत राख्ने निर्णय गरेको थियो।

बजेट अधिवेशनमा एमालेको ओली समूहका सांसद पठान सिंह बोहराले समर्थन फिर्ता लिएको बताउँदै मुख्यमन्त्री भट्ट अल्पमतमा रहेकोले रानीनामा दिनुपर्ने माग गरेका थिए।

जेठ १४ मा ओली समूहले माओवादी केन्द्रको नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसद सचिवालयलाई जानकारी गराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .