राजनीति


मन्त्री मियाले भने : लात्भिया झुक्याएर लगियो, एक चीन नीतिप्रति प्रतिवद्ध छु

मन्त्री मियाले भने : लात्भिया झुक्याएर लगियो, एक चीन नीतिप्रति प्रतिवद्ध छु

नेपालखबर
जेठ २५, २०७८ मंगलबार ७:३५,

युवा तथा खेलकुद मन्त्री एकवाल मियाले आफू एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका छन्।

२०७६ सालमा लात्भियामा भएको स्वतन्त्र तिब्बत सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभाागी भएपछि उनी विवादमा आएका थिए। मन्त्री बनेपछि उनीबारे पुन: प्रश्न उठेको थियो।

आफ्नोबारे प्रश्न उठेपछि मन्त्री मियाले एक विज्ञप्ति जारी गर्दै त्यतिबेला आफूलाई झुक्याएर कार्यक्रममा लगिएको र त्यसबारे संसदमा नै स्पष्ट पारेको बताएका छन्। उनले अहिले यो प्रश्न उठाउनु अनावश्यक भएको बताएका छन्।

'म, नेपाल सरकारको निरन्तरको एक चीन नीतिप्रति स्पष्टता साथ प्रतिवद्ध छु। र, तिब्बत स्वशासित क्षेत्र चीनको अभिन्न अंग हो भन्नेमा स्पष्ट छु। हामी हाम्रा दुई छिमेकी भित्र राष्ट्रबीचको संवेदनशीलतालाई बुझ्छौं,' उनले भनेका छन्, 'हाम्रा छिमेक सम्बन्ध, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सन्दर्भ तथा राष्ट्रिय नीतिसँग मेरो पूर्णत: सहमति रहेको कुरा पुन: स्पष्ट पार्न चाहन्छु।'

 विघटित प्रतिनिधिसभाका सदस्य प्रदीप यादव र एकवाल मिया २०७६ वैशाख २४ देखि २७ गतेसम्म लात्भियामा भएको तिब्बतबारे सातौँ संसदीय सम्मलेनमा गएका थिए।

Akbalmiya

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad