समाज


कोरोनाको प्रभाव कम भएपछि उत्तर प्रदेशमा लकडाउन खुल्यो, अब राति मात्र कडाई

कोरोनाको प्रभाव कम भएपछि उत्तर प्रदेशमा लकडाउन खुल्यो, अब राति मात्र कडाई

नेपालखबर
जेठ २५, २०७८ मंगलबार ७:२८,

कोरोना भाइरसको प्रभाव कम भएपछि त्यहाँ लकडाउन खुला गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

लखनउ, मेरठ, गोरखपुर लगायत त्यहाँका सबै जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सयभन्दा कम भएपछि लकडाउन खुलाइएको हो।

यद्यपी त्यहाँ राति र साँझामा भने कडाई गरिने जनाइएको छ। बिहान तथा दिउँसो अब पहिलेजस्तै सामान्य रुपमा व्यापार व्यवसाय खुलेका छन्।

तर मास्क लगाउन र व्यक्तिबीचको दुरी भने कायम गर्न भनिएको छ।

उत्तर प्रदेशमा मंगलबार बिहानसम्मको तथ्यांक अनुसार त्यहाँ यतिबेला १४ हजार सक्रिय संक्रमित छन्।

पछिल्लो समय भारतमै कोेरोनाको प्रभाव कम भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad