राजनीति


ओलीको ६ बुँदे प्रस्ताव माधव नेपाल पक्षद्वारा अस्वीकार, १३ सय शब्दमा जवाफ (वक्तव्य)

ओलीको ६ बुँदे प्रस्ताव माधव नेपाल पक्षद्वारा अस्वीकार, १३ सय शब्दमा जवाफ (वक्तव्य)

नेपालखबर
जेठ २४, २०७८ सोमबार १४:४४,

नेकपा एमालेको माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ ३ को पार्टी संगठनलाई सक्रिय बनाउने भनी गरेको प्रस्तावलाई अस्वीकार गरेको छ।

नेपाल समूहले अध्यक्ष ओलीले पार्टी एकताका लागि भन्दै राखेको प्रस्ताव अल्मल्याउने र विभाजन गर्ने दुरासयबाट आएको निष्कर्ष निकालेको छ।

‘२०७५ साल जेठ २ गतेको स्थितिमा कायम नराखी आफ्नो गुटगत स्वार्थ अनुरुप हुने कुरा गरिएको छ। यस्तो कुरा पार्टी एकता कायम गर्ने मनसायबाट आएको भन्ने कदापि देखिन्न। यो अस्वीकार्य छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँ (ओली)को वक्तव्यमा प्रयोग गरिएको भाषा र बुँदाहरु केलाउँदा जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिन्छ।’

आफूनिकट स्थायी कमिटीका सदस्यहरुको बैठकपछि जारी गरेको विज्ञप्तिमा ओलीमा विधानअनुसार अघि बढ्ने सोच नदेखिएको भन्दै आफू पक्षको संगठन निर्माणको कामलाई तीव्र रुपमा अघि बढाउने निर्णय गरेको छ।

अध्यक्ष ओलीको प्रस्तावमाथि छलफल गर्नका लागि सोमबार नेपाल निकट स्थायी कमिटीका सदस्यहरुको भर्चुअल बैठक भएको थियो।

सो बैठकपछि नेपाल पक्षले ओलीलाई ६ बुँदामा १५ सय शब्दको जवाफ लेखेको हो।

जसमा अध्यक्ष ओलीलाई चार वटा प्रश्न पनि सोधिएको छ।

त्यसमा नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नका लागि अदालतले दिएको १५ दिनको समयभित्र एमालेको बैठक बोलाएर एकीकरणको प्रयास किन नगरेको भन्दै प्रश्न सोधिएको छ।

नेपाल पक्षको विज्ञप्तिमा पार्टी एकतालाई अक्षुण राख्नका लागि नवौं राष्ट्रिय महाधिवेशनको निर्णय, पार्टी विधान र सर्वोच्च अदालतको फैसलाको अन्तर्यअनुसार अध्यक्ष ओलीको धारणा नआएको निष्कर्ष निकालिएको छ।

प्रधानमन्त्री ओलीको प्रस्तावको पहिलो बुँदाले एकताका लागि भन्दा पनि अनेकता सिर्जना गर्नका लागि ल्याइएको नेपाल पक्षको दाबी छ।

अध्यक्ष ओलीले आइतबार साँझ छ बुँदे प्रस्ताव गरेका थिए जसमा २०७५ जेठ ३ गते पूर्वको संगठन क्रियाशील बनाउने उल्लेख थियो।

वक्तव्य:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad