राजनीति


मन्त्री हुँदा ६ गाडी प्रयोग गर्ने सोनल, बर्खास्तीसँगै मोटरसाइकल चढेर क्वाटर छोडे

मन्त्री हुँदा ६ गाडी प्रयोग गर्ने सोनल, बर्खास्तीसँगै मोटरसाइकल चढेर क्वाटर छोडे

शैलेन्द्र महतो
जेठ २४, २०७८ सोमबार ४:५२,

प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतले बर्खास्त गरेका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल मोटरसाइकलाम चढेर क्वाटर छाडेका छन्।

आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यबाद दिँदै मन्त्री सोनल झोला लिएर मोटरासइकलमा चढेर बाहिरिएका हुन्।

उनले प्रयोग गर्ने सवारीसधान सरकारलाई जिम्मा लागाएका छन्। राम्रो मन्त्रालयको जिम्मेबारी लामोसमय सम्हालेका उनले सचिवालयमा ३ सहित ६ वटा सरकारी गाडी प्रयोग गर्दै आएका थिए।

sonal gadi list

उनले प्रदेश २–०२–००१ झ ००७४ नम्बरको हेक्सा जीप, ज १ झ ४३५ नम्बरको स्टर्म सफारी, को १ झ ४ सय ९९ नम्बरको महेन्द्र जीप, ज १ ब ७९५, ज १ ब ८०१ नम्बरको दुईवटा टिभीएस मोटरसाइकल र ज ११ प ३३४८ नम्बरको यमहा कम्पनीको मोटरसाईकल उनले प्रयोग गर्ने गरेका थिए।

उनले मन्त्रालयका योजनामा व्यापक भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ। डेढवर्ष अघि एक कार्यक्रममै उनले पैसा लिएर योजना बेचेको भन्दै उनकै अगाडि एक व्यक्तिले आरोप लगाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .