राजनीति


प्रधानन्यायाधीश राणा अस्वस्थ भएपछि संवैधानिक इजलास स्थगित

प्रधानन्यायाधीश राणा अस्वस्थ भएपछि संवैधानिक इजलास स्थगित

नेपालखबर
जेठ २४, २०७८ सोमबार ४:४३,

आज संवैधानिक इजलास नबस्ने भएको छ। आइतबारबाट संसद विघटनको मुद्दामा सुनुवाइ सुरु हुने भने पनि सत्ता पक्षकै वकिलले न्यायाधीशमाथि बखेडा निकालेपछि सुनुवाइ हुन सकेको थिएन।

संवैधानिक इजलास आज स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्वस्थ भएका कारण इजलास स्थगित भएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।

यसअघि आइतबारको सुनुवाइमा सरकार पक्षका कानुन व्यवसायीले न्यायाधीशहरु दीपककुमार कार्की र आनन्दमोहन भट्टराई इजलासबाट बाहिरिनु पर्ने माग गरेका थिए। जसका कारण सुनुवाइ हुन सकेको छैन।

उनीहरु रहनेकी नरहने भन्ने अन्यौलताकै बीच सोमबारको इजलास स्थगित भएको हो। यसअघि जेठ १४ गतेको इजलासमा रिट निवेदकले न्यायाधीशमाथि प्रश्न उठाएपछि आइतबार इजलास पुनर्गठन भएको थियो।

प्रधानन्यायाधीशले वरिष्ठताक्रम अनुसार गठन गरेको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन्।

यसअघि विवादमा तानिएका तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई भने राखिएको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad