ad ad

राजनीति


सरकारी पक्षले विरोध गरेको इजलास आज पनि बस्दै, के होला?

सरकारी पक्षले विरोध गरेको इजलास आज पनि बस्दै, के होला?

नेपालखबर
जेठ २४, २०७८ सोमबार ४:३१,

संसद् विघटनसम्बन्धी मुद्दा सुनुवाइ गर्न आइतबार पुनर्गठित संवैधानिक इजलास आज (सोमबार) पनि बस्दै छ।

आइतबार पनि संवैधानिक इजलासमा रहेका न्यायाधीशकै विषयमा बहस अल्झिँदा सुनुवाइ मूल मुद्दामा प्रवेश गर्न पाएकै छैन।

यसअघिको इजलासमा नेकपा भंग गराउने फैसलामा संलग्न रहेका न्यायाधीश बमकुमार श्रेष्ठ र यसको पुनरवलोकन मुद्दा अस्वीकार गर्ने निर्णयमा सहभागी न्यायाधीश तेजकुमार केसी हटाउनुपर्ने भन्दै विपक्षी गठबन्धनतर्फका वकिलले विरोध गरेपछि प्रधानन्याधीश चालेन्द्रशमशेर राणाले आइतबार वरिष्ठताका आधारमा न्यायाधीश राखेर इजलास पुनर्गठन गरेका थिए।

तर फेरि सरकार पक्षका वकिलले पुनर्गठित इजलासमा राखिएका न्यायाधीशद्वय दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले मुद्दा हेर्न नपाउने भन्दै बखेडा झिकेपछि रिटको सुनुवाइ अघि बढ्न सकेको छैन।

यहीबीच आज पनि संवैधानिक इजलास बस्ने भएको हो। आज न्यायाधीशद्वय कार्की र भट्टराईले आफ्नो राय दिने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .