राजनीति


निवर्तमान कृषिमन्त्री अर्यालले प्रस्तुत गरिन् आफ्ना १० उपलब्धि

निवर्तमान कृषिमन्त्री अर्यालले प्रस्तुत गरिन् आफ्ना १० उपलब्धि

नेपालखबर
जेठ २३, २०७८ आइतबार ११:५०,

निर्वतमान कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले जिम्मेवारीमा कति समय रहिन्छ भन्दा पनि जिम्मेवारीमा रहँदा के काम गरिन्छ भन्‍ने कुरा महत्व हुने बताएकी छन्।

कृषि मन्त्रालयबाट आइतबार (आज) औपचारिक रुपमा विदा हुँदै पूर्वमन्त्री अर्यालले मन्त्रालयको जिम्मेवारीमा आएको छोटो समयमै उखु किसानहरुको समस्या समाधान गरी आन्दोलन विश्राम गराउने कार्यमा सफल भएको स्मरण गरिन्।

उनले कालिमाटी फलफूल तथा तरकारी बजारको केही समस्या समाधान गरी व्यवस्थापन गर्ने कार्य गरिएको बताइन्।

सरकारले पहिलोपटक देशैभरको डिजिटज कृषि नक्सा बनाउन सफल भएको भन्दै उनले त्यसको घोषणा पनि आफ्नै पालामा गर्न पाएको भन्दै खुसी व्यक्त गरिन्।

कृषिको डिजिटल नक्साले देशभरको माटोको अवस्था पत्ता लगाउन सकिने भन्दै पूर्वमन्त्री अर्यालले व्यवसायिक कृषि कार्य गर्दा त्यसबाट सफल भइने समेत बताइन्। पशुजन्य उत्पादनमा आंशिकरुपमा आत्मनिर्भरताको घोषणा गरिएको भन्दै उनले सरकारले दुध उत्पादनमा २ वर्षभित्र आत्मनिर्भर हुने लक्ष्य लिएको बताइन्।

जम्मा १६० दिन (२०७७ पुष १२ देखि २०७८ जेष्ठ २१ गतेसम्म) मन्त्री रहेकी अर्यालले आफूले गरेका १० मुख्य उपलब्धि यसरी प्रस्तुत गरिन्ः
१) उखु किसानको आन्दोलन व्यवस्थापन र समस्या समाधानको लागि पहिलो हप्ता नै पहल गरी आन्दोलित उखु कृषकहरू फिर्ता गराउन पहल।

२) भन्सार नाकाहरूमा ‘नेपाल नेसनल सिंगल विन्डो सिस्टम’ बाट क्वारेन्टाइन सेवा सञ्चालन आरम्भ।

३) कालीमाटी बजारमा कृषकहरूको बजार सुनिश्चितताको लागि होल्डिङ्ग यार्ड व्यवस्था।

४) सार्क क्षेत्रमा नै पहिलोपटक देशभरिकै माटोको डिजिटल नक्सा सार्वजनिकीकरण र प्रयोग।

५) प्रधानमन्त्रीबाट किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ।

६) प्रधानमन्त्रीबाट पशुपन्छीजन्य उत्पादनहरू अण्डा, कुखुराको मासु र पाउडर दुधमा आत्मनिर्भरताको घोषणा।

७) स्वदेशमा नै रासायनिक मल कारखाना स्थापनाको लागि बजेट विनियोजन।

८) इतिहासमै पहिलोपटक उत्तरी नाकाबाट रासायनिक मल आयातको सुरुवात।

९) इजरायल सरकारको सहयोगमा सवै प्रदेशका एक एक वटा सरकारी फार्म केन्द्रलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्न बजेट विनियोजन।

१०) नेपाल सरकार र भारत सरकारबीच रासायनिक मलको आयातको लागि सरकार सरकार ‘जी टु जी’ प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्‍वाट स्वीकृति प्राप्त।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad