माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
आइतबार प्रदेश सचिवालयमा सरकारलाई फिर्ता लिएको पत्र दर्ता गराइएको हो। माओवादी केन्द्रको प्रदेश १ सभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले उक्त पत्र दर्ता गराएका हुन्।
माओवादी केन्द्रले २०७७ चैत १६ गते नै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
पत्रमा मुख्यमन्त्री शेरधन राई संसद् र संसदीय मूल्य मान्यताप्रति अनुत्तरदायी भएको, सरकार सञ्चालनमा पूर्णरुपमा असफल भएकोले समर्थन दिनु उपयुक्त हुने निष्कर्ष निकालेको उल्लेख छ।
साथै कोभिड नियन्त्रण, रोकथाम र उपचारका साथै सुशासन कायम गर्न नसकेको आरोप लगाइएको छ।

प्रतिक्रिया