एसियास्थित अमेरिकी सैन्य बल बलियो ठूलो शक्ति होइन।
नयाँ प्रतिवेदनअनुसार चीनको सुधारउन्मुख सैन्य शक्ति र क्षेप्यास्त्रले एसियास्थित अमेरिकी सैन्य क्याम्पहरु केही समयमै ध्वस्त बनाउन सक्छ।
अस्ट्रेलियास्थित युनिभर्सिटी अफ सिड्नीको युनाइटेड स्टेट्स स्टडी सेन्टरको नयाँ अध्ययन प्रतिवेदनमा चीनले एसियामा रहेका अमेरिकी सैन्य क्याम्प एक घण्टाभित्र पूर्ण रुपमा नष्ट गर्नसक्ने सामथ्र्य राखेको देखिएको छ।
अध्ययनले भारत–प्रशान्त क्षेत्रमा ‘अमेरिकाको रक्षा रणनीति अभूतपूर्व संकटमा’ परेको बताएको छ। यसरी अमेरिकाले चीनसँग संघर्ष गर्न गाह्रो हुने उल्लेख छ।
यसको मतलब अमेरिकाका सहयोगी राष्ट्रहरु अस्ट्रेलिया तथा जापानले यस क्षेत्रमा अमेरिकासँग छलफल गरेर सुरक्षाको विषयमा सावधानी अपनाउन जरुरी रहेको अध्ययनले बताएको छ।
यस प्रतिवेदनले अमेरिका र उसका सहयोगी राष्ट्रभन्दा चीनले आफ्नो सैन्य क्षमतामा ठूलो फड्को मारेको उल्लेख गरेको छ।
चीनले पछिल्लो समय नयाँ क्षेप्यास्त्र निर्माणमा ध्यान दिएको बताइएको छ। सीएनएन

प्रतिक्रिया