प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्ण बैठक (फुल कोर्ट) बैठक बोलाएका छन्।
संवैधानिक इजलास गठनको नियमावली संशोधनसहितका विषयमा छलफल गर्नका लागि राणाले शुक्रबारका लागि फुल कोर्ट बोलाएका हुन्।
यस अघि जेठ १३ गते सर्वोच्चको फुल कोर्ट बैठक बसेको थियो।
उक्त बैठकले कोरोनाभाइरस महामारीका कारण अत्यावश्यक बाहेकका कामकारबाही जेठ २१ गतेसम्मका लागि संकुचन गरेको थियो।
बैठकमा संवैधानिक इजलासबारे पनि छलफल हुनसक्ने बताइएको छ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्न गठन गरिएको संवैधनिक इजलासमा रहेका दुई न्यायाधीशमाथि प्रश्न उठेपछि अर्का दुई न्यायाधीश अलग भएका थिए। त्यसपछि २३ गतेका लागि अर्को इजलास तोकिएको छ।

प्रतिक्रिया