राजनीति


जनमोर्चाका प्रदेश सांसद थापा पदमुक्त

जनमोर्चाका प्रदेश सांसद थापा पदमुक्त

नेपालखबर
जेठ २०, २०७८ बिहिबार ७:३९,

राष्ट्रिय जनमोर्चाका तर्फबाट गण्डकी प्रदेशसभा सदस्य रहेका कृष्ण थापा पदमुक्त भएका छन्।

जनमोर्चाको बिहीबार बसेको केन्द्रीय समिति बैठकले थापालाई सांसद पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो।

उनलाई सांसदबाट हटाएको जानकारी प्रदेशसभा सचिवालयमा दिएपछि आज प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले उनी पदमुक्त भएको पत्र पढेर सुनाए।

विपक्षी पार्टीहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याएको अविश्वासमा पार्टीको समर्थन हुँदा पनि उनले निर्देशन उल्लङघन गरेका थिए।

बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित उनी मुख्यमन्त्री गुरुङको पक्षमा उभिएपछि उनलाई पार्टीले कारबाही गरेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad