नेकपा एमाले ओली पक्षले माधवकुमार नेपाल पक्षले आज बोलाएको बैठकमा सहभागी नहुन नेताहरूलाई निर्देशन दिएको छ।
एमालेबाट निष्कासिति नेता नेपालको पक्षले आज बिहान ११ बजे आफूनिकट केन्द्रीय सदस्यको भर्चुअल बैठक गर्दै छ।
तर त्यो बैठक अवैधानिक हुने भन्दै एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार बिहानै विज्ञप्ति निकालेर विरोध जनाएका हुन्।
‘अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्थाविपरित पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ, त्यस्तो क्रियाकलापको निन्दा एवम् भर्त्सना गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।
अगाडि भनिएको छ, ‘पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरूलाई पार्टीको विधान र मुलुकको कानुनविपरीतको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सूचित गर्दछु।’
यो पनि : आज बिहान माधव नेपाल र अपराह्न केपी ओली पक्षका बैठक बस्दै

प्रतिक्रिया