राजनीति


चुरे क्षेत्रको ढुंगा, गिटी निकासी गर्ने योजना राष्ट्रघाती : उपेन्द्र यादव

चुरे क्षेत्रको ढुंगा, गिटी निकासी गर्ने योजना राष्ट्रघाती : उपेन्द्र यादव

नेपालखबर
जेठ १९, २०७८ बुधबार ९:१०,

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले ढुंगा, गिटी, बालुवा निर्यात तथा निकासी गरेर व्यापार घाटा कम गर्ने विषय घातक भएको बताएका छन्।

आज एक विज्ञप्ति जारी गर्दै यादवले अध्यादेशमार्फत ल्याइएको बजेटमा निजी क्षेत्रको संलग्नतामा चुरेक्षेत्रमा बसोबास गराउने, बन क्षेत्रमा होटल, मोटल, रिसोर्ट खोल्ने भनिएकोमा गम्भीर ध्यानार्षण भएको बताएका छन्।

सरकारले ल्याएका यस्ता कार्यक्रम वातावरणीय हिसावले घातक मात्र नभएर राष्ट्रघाती भएको उनले बताएका छन्।

'यसले नवधनाढ्यदेखि व्यवसायीलाई त फाइदा नै होला तर, यसबाट सबैभन्दा बढी प्रभाव चुरेको संवेदनशील क्षेत्रमा नै पर्ने र त्यसले तराई/ मधेशमा ठूलो प्राकृतिक संकट आउने छ,' विज्ञप्तिमा भनिएको छ।

यस सरकारको यस निर्णयले कारण तराई/ मधेशका जनताले ठूलो मूल्य चुनाउनु पर्ने उनले बताएका छन्। यसो गरिएमा चुरे क्षेत्र विनास गर्ने, तराई/मधेशलाई मरुभूमिकरण गर्ने निश्चित भएको उनको भनाई छ।

यादवले ढुंगा, गिटी, बालुवा निर्यात तथा निकासीका काम बन्द गर्न भनेका छन्। उनले त्यस क्षेत्रका नागरिक आफ्नो जीवन रक्षाका लागि संघर्ष गर्न बाध्य हुने चेतावनी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad