राजनीति


बालुवा-ढुंगा निकासी कार्यक्रम जनविरोधी हो, सबैले प्रतिरोध गरौं : गगन थापा

बालुवा-ढुंगा निकासी कार्यक्रम जनविरोधी हो, सबैले प्रतिरोध गरौं : गगन थापा

नेपालखबर
जेठ १९, २०७८ बुधबार ५:२,

सरकारले बजेटमार्फत प्रस्तुत गरेको बालुवा, गिटी, ढुंगा निकासी कार्यक्रम जनविरोधी भएको आरोप लगाउँदै नेपाली कांग्रेसका नेता गगन थापाले यसको विरोध गर्न सबै पक्षलाई आह्वान गरेका छन्।

थापाले भनेका छन्, ‘संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा नेपालको ‘ढुंगा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’ कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ। वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ, प्रस्ट भएको छ।’

यो नीतिगत भ्रष्टाचार भएको दाबी गर्दै विघटित संसदका सांसदसमेत रहेका थापाले आफ्ना ‘यार’लाई पोस्न सरकारले यस्तो कार्यक्रम ल्याएको आरोप लगाएका छन्। साथै यो कार्यक्रम तराईलाई मरुभूमि बनाउने प्रयत्न भएको आरोप लगाउँदै यसलाई रोकेरै छाड्ने दाबी पनि गरेका छन्।

थापाले भनेका छन्, ‘आफ्ना ‘यार’लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनः छर्लङ्ग भएको छ। चुरे क्षेत्र तहसनहस पारेर तराईलाई मरभूमीकरण गर्न उद्दत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटकपटक रोकेको हो। यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौं।’ 

सरकारले ‘जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रम’ भन्दै नेता थापाले यसको विरोधमा उत्रिन जनप्रतिनिधि,  आम नागिरक, पत्रकारलगायत सबै सरोकारवालाई आह्वान गरेका छन्।

थापाले भनेका छन्, ‘अदालतको आदेश, संसदीय समितिका पटक पटकका निर्देशन र नागरिक खबरदारीलाई अनदेखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्छाैं नै।आम जनता, सञ्चारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आह्वान गर्दछु।’

यी पनि :

बालुवा-ढुंगा निकासीबारे प्रस्ट पार्न सरकारसँग पूर्वपर्यटनमन्त्री भट्टराईको माग

बालुवा-ढुंगा निकासीले चुरे विनास हुँदैन, भ्रम सिर्जना नगरौं : मुख्यमन्त्री पोखरेल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad