हालै प्रस्तुत बजेटमा उल्लेख बालुवा-ढुंगा निकासी सम्बन्धमा स्पष्ट पार्न पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले सरकारसँग माग गरेको छ।
सरकारले बालुवा–ढुंगा भारतलाई बेच्ने निर्णय गरेर चुरे विनास गर्न लागेको भन्दै आलोचना हुन थालेपछि यसबारे प्रस्ट कुरा राख्न पूर्वमन्त्री भट्टराईले सरकारलाई अनुरोध गरेका हुन्।
भट्टराईको माग छ, ‘बालुवा, गिट्टीलगायतको निकासी खुला गर्ने सरकारको निर्णयसँगै तराईको वातावरणीय प्रभाव, चुरे क्षेत्रमा पर्ने प्रभावजस्ता विषयमा सार्वजनिक भइरहेका बहसका बारेमा यथार्थ केहो? सरकारले स्पस्ट गर्नु पर्दछ।’
यो पनि : बालुवा-ढुंगा निकासीले चुरे विनास हुँदैन, भ्रम सिर्जना नगरौं : मुख्यमन्त्री पोखरेल

प्रतिक्रिया