ad ad

राजनीति


जसपामा ठाकुर पक्षले पनि गर्‍यो कारबाही, यादव पार्टीबाट निष्कासित (पत्रसहित)

जसपामा ठाकुर पक्षले पनि गर्‍यो कारबाही, यादव पार्टीबाट निष्कासित (पत्रसहित)

नेपालखबर
जेठ १८, २०७८ मंगलबार १०:१२,

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ।

यादवले ठाकुर पक्षका चार नेतालाई निष्कासन गरेको केहीबेरपछि ठाकुर पक्षले पनि यादवलाई कारवाही गरेको हो।

ठाकुर पक्षका एक नेताले नेपालखबरलाई दिएको जानकारी अनुसार यादवलाई कारबाही गरिएको पत्र तयार भइसकेको छ अब त्यसलाई निर्वाचन आयोग पठाइने छ।

मंगलबार दिउँसो यादवले ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेका थिए।
यसैबीच ठाकुर पक्षको अहिले आन्तरिक छलफल भइरहेको छ।

पार्टीबाट निष्कासन गरेपछि आगामी दिन कसरी अघि बढ्ने भन्ने बारेमा छलफल भइरहेको हो।

upendra nikala1

upendra nikala2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .