राजनीति


महन्थ ठाकुरसहित जसपा नेता बालुवाटारमा

महन्थ ठाकुरसहित जसपा नेता बालुवाटारमा

नेपालखबर
जेठ १७, २०७८ सोमबार ५:२०,

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरसहितका नेता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

जसपाका अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ल लगायतका नेताहरु प्रधानमन्त्रीसँग छलफलमा रहेका छन्।

नयाँ सत्ता गठबन्धनका लागि ठाकुरसहितका नेता प्रधानमन्त्री ओलीसँग छलफलमा जुटेका हुन्।

जसपाको महन्थ पक्षलाई ८ मन्त्रालय दिने गरी सरकारमा सहभागी गराउने तयरीमा प्रधानमन्त्री ओली छन्।
जसपाबाट मन्त्रिमण्डलमा को को जाने भन्नेबारे छलफल चलिरहेको छ। तर मन्त्रीका आकांक्षी धेरै हुँदा निर्णय लिन ढिलाई भइरहेको छ।

सरकारलाई हेर्ने विषयमा दुई धार हुँदा जसपा विभाजनको संघारमा छ। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओली सरकारको विस्थापनाको पक्षमा छन् भने महन्थ पक्षले सरकारलाई सघाइरहेको छ।

जसपाले राखेका नागरिकता अध्यादेश, मधेश आन्दोलनका मुद्दा फिर्ता लगायतका माग सरकारले पुरा गरे पनि अन्य मागबारे पनि प्रधानमन्त्रीसँग छलफल गर्न लागिएको एक नेताले बताए। संविधान संशोधनका लागिसमेत कार्यदल बनाइएको छ।

जसपाको संसदीय दलमा महन्थ पक्षको बहुमत छ भने कार्यकारिणी समितिमा उपेन्द्र पक्षको बहुमत रहेको छ।

दुवै अध्यक्षले एकले अर्कोसँग स्पष्टीकरण माग्दै कारबाहीको तयारी गरिरहेका छन्।

यो पनि :
८ मन्त्री र २ राज्यमन्त्रीसहित जसपाको ठाकुर पक्ष सरकारमा जाने पक्का

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad