राजनीति


नेपालगन्जका मेयरद्वारा राष्ट्रिय सभा उपनिर्वाचन बहिष्कार

नेपालगन्जका मेयरद्वारा राष्ट्रिय सभा उपनिर्वाचन बहिष्कार

नेपालखबर
जेठ १७, २०७८ सोमबार ५:१,

बाँकेको नेपालगन्ज उपमहानगरपालिका मेयर धवलशमशेर राणाले लुम्बिनी प्रदेशअन्तर्गत आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचन बहिष्कार गरेका छन्।

देश कोरोना महामारीले आक्रान्त भइरहेका बेला चुनाव आफ्नो प्राथमिकता नभएको भन्दै उनले मतदान नगर्ने घोषणा गरेका हुन्।

‘लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन,’ सामाजिक सञ्जालमार्फत मेयर राणाले भनेका छन्, ‘अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु।’

राणा राप्रपाबाट निर्वाचित मेयर हुन्।

यो पनि : राष्ट्रिय सभा सदस्य चुन्न मतदान जारी, परिणाम आजै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad