नेकपा एमालेको स्थायी कमिटी बैठक दोस्रोपटक स्थगन गरिएको छ।
हिजै (आइतबार) बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक अन्तिममा तयारी नपुगेको भन्दै आज बिहान १० बजेका लागि सारिएको थियो।
तर आज पनि बैठक नबस्ने भएको र अब भोलि ११ बजेका लागि समय सारिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले नेपालखबरलाई जानकारी दिए। तर उनले कारण बताइसकेका छैनन्।
अध्यक्ष ओलीले स्पष्टीकरण माग गर्दै पत्र पठाए पनि कुनै जवाफ नफर्काएका घनश्याम भुसालसहित थप १२ नेतालाई कारबाही गर्ने चर्चाबीच एमालेको स्थायी कमिटीको बैठक बस्ने मिति तोक्दै सार्दै गरिएको हो।
यसअघि ओलीले माधव नेपाल, झनाथ खनाल, भीम रावलसहित ११ नेतालाई साधारण सदस्यसमेत नरहने गरी एमालेबाट निष्कासन गरिसकेका छन्।

प्रतिक्रिया