राजनीति


वनमन्त्रीले आफ्नै सल्लाहकारकी पत्नीलाई गरे कार्यकारी निर्देशकमा नियुक्त

वनमन्त्रीले आफ्नै सल्लाहकारकी पत्नीलाई गरे कार्यकारी निर्देशकमा नियुक्त

नेपालखबर
जेठ १७, २०७८ सोमबार २:२४,

वन मन्त्री प्रेमबहादुर आलेले आफ्ना विज्ञ सल्लाहकार यमबहादुर बमकी पत्नी सीता शाहीलाई महत्वपूर्ण राजनीतिक नियुक्ति दिएका छन्।

मन्त्री आलेले शाहीलाई मन्त्रालयअन्तर्गतको राष्ट्रिय ताल विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेका हुन्। समितिमा अध्यक्षसहित ३ सदस्य रहने प्रावधान छ। समितिमा कार्यकारी निर्देशक पद सर्वेसर्वा मानिन्छ।

विषय विज्ञलाई नियुक्त गर्नुपर्ने ठाउँमा मन्त्री आलेले ठाडो आदेशमा एमाले कार्यकर्तालाई नियुक्त गरेको भन्दै आलोचना सुरु भएको छ। मन्त्री नियुक्त भएलगत्तै आलेले कैलालीका बमलाई विज्ञ सल्लाहकार नियुक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad