नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास (बूढानीलकण्ठ) मा अहिले विपक्षी दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ।
बैठकमा कांग्रेसबाट सभापति देउवा तथा नेताहरू रामचन्द्र पौडेल, ज्ञानेन्द्रबहादुर कार्कीलगायत, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेताहरु कृष्णबहादुर महरा, देव गुरुङलगायत, जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई सहभागी छन्। साथै नेकपा एमालेले कारबाही गरेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावल पनि बैठकमा सहभागी छन्।
बैठकमा सरकारविरुद्ध रणनीति बनाउन विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए।
संसद् विघटनसम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा सुनुवाइ जारी रहेका बेला विपक्षी गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका हुन्।
देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल पक्षका सांसदको पनि समर्थन छ।
यो पनि : १४६ सांसदको रिटमा आज बहस

प्रतिक्रिया