राजनीति


समय सीमा तोकेर गृह सचिवले गरे दुवै महानिरीक्षकसँग सम्झौता

समय सीमा तोकेर गृह सचिवले गरे दुवै  महानिरीक्षकसँग सम्झौता

दीपक खरेल
भदौ २, २०७६ सोमबार १५:४१,

गृह सचिव प्रेमकुमार राईले नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसँग कार्य सम्पादन सम्झौता गरेका छन्।

गृह मन्त्रालयले वार्षिक कार्यक्रममा समावेश गरेका नीतिगत कार्य र भौतिक कार्य तथा दैनिक कार्य समयमै उत्कृष्ट सम्पादनका लागि दुबै प्रहरी महानिरीक्षकसँग सोमबार सम्झौता भएको हो। गृह सचिव राईले ‘माईल स्टोन’ तोकेर प्रहरी र सशस्त्रका महानिरीक्षसँग सम्झौता भएको बताए।

69243386 407629629860609 3912239745186398208 n

उनले दुबै प्रहरी संगठनले यस आर्थिक वर्षमा सम्पन्न गर्ने नीति तथा कार्यक्रम र दैनिक कार्य सम्पादनको सम्झौतापछि मूल्याँकन हुने बताए। ‘यो सम्झौताको बैज्ञानिक परिक्षण हुन्छ,’ सचिव राईले भने ‘सन्तोषजनक नभए सोही अनुसार मूल्याँकन र कारबाही हुन्छ।’

सचिव राईकै पहलमा यसअघि गृह अन्र्तगत पिरामिड शैलीमा महाशाखा र शाखाहरुबिच कार्य सम्पादन सम्झौता सम्पन्न भइसकेको छ।

police sachiv

यो अवधारणा सबै मन्त्रालयमा लागू छ।

गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले सम्झौताले दुबै पक्षलाई कामप्रति जिम्मेबार बनाउने बताए। उनले प्रहरी संगठन प्रमुखहरुसँग सोमबार ऐतिहासिक निर्णय सहित पहिलो पटक सम्झौता भएको बताए। ‘यो सम्झौता अनुसार गृह अघि बढछ,’ सहसचिव सुवेदीले भने ‘गृहले आफ्नो लक्ष्य निर्धारण गरेको छ, सम्झौता सहायक हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .