कोरोना महामारीका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) का बाँकी खेल संयुक्त अरब इमिरेन्ट्स् (युएई) मा हुने भएको छ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को शनिबार बसेको विशेष बैठकले बाँकी खेल युएईमा गर्ने निर्णय गरेको हो।
बीसीसीआईले लिगका बाँकी खेल आगामी सेप्टेम्बर, अक्टोबरमा युएईमा गर्ने तयारी गरेको हो।
कोरोना भाइरसको महामारीको कारण खेलाडी र स्टाफहरु नै कोरोनाको सक्रमणमा आएपछि बीसीसीआईले सिजनका ३१ खेल बाँकी छँदा नै आईपीएललाई ‘सस्पेन्ड’ गरेको थियो।
आईपीएल स्थगित हुनुअघि ८ खेल खेलेको दिल्ली क्यापिटल्स १२ अंकमा तालिकाको शीर्ष स्थानमा छ।७ खेल खेलेका चेन्नई सुपर किंग्स १० अंकमा दोस्रो र समान खेलबाट त्यति नै अंक जोडेको रोयल च्यालेन्जर्स बैंग्लोर तेस्रो स्थानमा छन्।
सात खेलबाट ८ अंक जोडेको मुम्बई इण्डियन्स चौथो, ६ अंक जोडेको राजस्थान रोयल्स पाँचौ, एक खेल बढी खेलेको पञ्जाव किग्ंस ६ अंकमा छैटौँ स्थानमा छ।
सात खेलबाट ४ अंक भएको कोलकाता नाइड राइडर्स पुछारबाट दोस्रो र समान खेल खेलेको सनराइजर्स हैदरावाद २ अंकमा तालिकाको पुछारमा छ।

प्रतिक्रिया