राजनीति


सुदूरपश्चिम सरकारमा सहभागी ६ मन्त्रीलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण

सुदूरपश्चिम सरकारमा सहभागी ६ मन्त्रीलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण

नेपालखबर
जेठ १५, २०७८ शनिबार ८:३४,

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सरकारमा सहभागी ६ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ। शुक्रबार मात्रै पार्टी निर्णय विपरित तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त भएका थिए।

प्रदेश कमिटीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। एमाले सुदूरपश्चिम प्रदेश कमिटीमा केपी शर्मा ओली पक्षको नेतृत्व छ।

प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकार छ। विपक्षीसँग साँठगाँठ गर्नु जघन्य अपराध भएको भन्दै उनीहरुलाई २४ घण्टाभित्र जवाफ दिन भनिएको छ।

प्रकाशबहादुर शाह, दीर्घबहादुर सोडारी, लालबहादुर खड्का, पूर्णा जोशी मन्त्रीमा र चुनकुमारी चौधरी, अर्चना गहतराज र मनाकुमारी साउद राज्यमन्त्री नियुक्त भएका छन्।

प्रदेश कमिटीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीलाई फिर्ता बोलाए पनि प्रदेश संसदीय दलले समर्थन फिर्ता नलिने निर्णय गरेको थियो। संसदीय दलमा नेता माधव नेपाल पक्षको बहुमत छ।

यो पनि :
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले गरे मन्त्रिमण्डल पुनर्गठन

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad