राजनीति


‘चीनलाई एक्लैले टक्कर दिन सकिँदैन त्यसैले उसलाई चुनौती दिन सबै एक हुनुपर्छ’

‘चीनलाई एक्लैले टक्कर दिन सकिँदैन त्यसैले उसलाई चुनौती दिन सबै एक हुनुपर्छ’

नेपालखबर
जेठ १५, २०७८ शनिबार ८:२९,

पश्चिमा राष्ट्रका सरकारले मानवअधिकार जस्तो विषयमा चीनलाई चुनौती दिन डाराउन नहुने पनि उनले बताएका छन्।

रड भन्छन्,‘बाँकी देशहरू या त चीनको बढ्दो आर्थिक, राजनीतिक र भौगोलिक प्रभुत्वको बारेमा सतर्क रहनुपर्दछ वा चीनले अलग–अलग बनाएर दण्डित गर्ने जोखिमको लागि तयार रहुनुपर्दछ।’

चीनको शक्ति र प्रभुत्वको कारण विश्वभरका देशले भौगोलिक र राजनीतिक व्यवस्थामा बदलावको सामना गरिरहेका छन्।

यस विषयमा बीबीसीसँग रडले भनेका छन्,‘यदी तपाइँ चीनसँग असहमत हुनुहुन्छ भने भलाई यसमै हुन्छ कि तपाइँ कसैसँग मिलेर उविरुद्ध लाग्नुहोस्। यो कार्य चीनको एक्लैले सामना गर्नुभन्दा उत्तम हुनेछ किनभने द्विपक्षीय विषयमा चीनमाथि हावी हुन सजिलो हुन्छ।’

News Limited Calls Out Kevin Rudd For Being Fat, Because This Is Where  We're At Nowअस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रड

सो क्रममा उनले चीन र अस्ट्रेलियाबीच केही समययता सम्बन्ध बिग्रिएको पनि बताए।

कोरोना भाइरसको विषयमा चीन पारदर्शी हुनुपर्ने अस्ट्रेलियाले बताएपछि यतिबेला चीन र अस्ट्रेलियाबीच आर्थिकसँगै कुटनीतिक अवस्था खस्किएको छ।

चीनले अस्ट्रेलियासँग हुने प्रमुख आर्थिक वार्ता नै रद्द गरिदिएको छ। हाल दुवै देशबीच कुनै किसिमको उच्चस्तरीय वार्ता हुन सकेको छैन।

अस्ट्रेलिया अमेरिका, भारत र जापान समावेश क्वाड समुहमा आवद्ध भएको राष्ट्र हो। यो समूहले चीनको प्रभुत्वलाई चुनौती दिने रणनीति लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad