सरकारले हरेक वर्ष टुँडिखेलमा आयोजना गर्ने गरेको गणतन्त्र दिवसको मूल समारोह यसपटक सैनिक मुख्यालयभित्र आयोजना गरेको छ।
शनिबार बिहान सैनिक मुख्यालयभित्र आयोजित गणतन्त्र दिवसको मूल समारोहमा सहभागी अतिथि।
प्रधानमन्त्री केपी शर्मा ओली आफैं अध्यक्ष रहेको गणतन्त्र दिवस मूल समारोह समितिले गणतन्त्र दिवसका दिन शनिबार बिहान भद्रकालीस्थित सैनिक मुख्यालयभित्र गणतन्त्र दिवस मनाएको हो।
शनिबार बिहान भद्रकालीस्थित सैनिक मुख्यालयभित्र आयोजित गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली।
वर्षा जारी रहेकाले यसपटक टुँडिखेलको खुला चौरमा गणतन्त्र दिवसको मूल समारोह आयोजना गर्न नसकिएको गृह मन्त्रालयका अधिकारीले दाबी गरेका छन्।
जंगी अड्डाको हलभित्र आयोजित समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायत सीमित व्यक्ति मात्र सहभागी भएका छन्।

प्रतिक्रिया