ad ad

समाज


बेलायती अध्ययन भन्छः कोरोना संक्रमण निको भएका १४ प्रतिशत व्यक्तिमा नयाँ रोग, युवा धेरै

बेलायती अध्ययन भन्छः कोरोना संक्रमण निको भएका १४ प्रतिशत व्यक्तिमा नयाँ रोग, युवा धेरै

नेपालखबर
जेठ १५, २०७८ शनिबार ४:१७,

कोरोना भाइरसको संक्रमण हटिसकेर पनि कतिपय मानिसलाई समस्या कम हुन सकिरहेको छैन। विज्ञका अनुसार कोरोना निको भएका १४ प्रतिशत मानिसलाई नयाँ रोग देखापरिरहेका छन्। जसले गर्दा उनीहरू दोहोर्याएर अस्पताल भर्ना हुनुपरिरहेको छ। यो दाबी लन्डनस्थित नेसनल इन्स्टिच्युट अफ हेल्थ रिसर्चका वैज्ञानिकले गरेका हुन्।

१ लाख ९३ हजार बिरामीमा अध्ययन
ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदन भन्छ : कोरोना संक्रमण भएका बिरामी निको त हुन्छन्, तर उनीहरूमा नयाँ रोगको खतरा उत्पन्न हुन्छ।’ यस विषयमा लन्डनका वैज्ञानिकले गत गत वर्षको जनवरी १ देखि अक्टोबर ३१ सम्म १ लाख ९३ हजार ११३ जना कोरोना संक्रमितमा अध्ययन गरेका थिए। जसमा १८ वर्षदेखि ६५ वर्षसम्मका मानिस सहभागी थिए।

संक्रमण निको भएपछि ६ महिनासम्म निगरानी
अनुसन्धानकर्ताले कोराना संक्रमण पुष्टि भएको २१ दिन पछिसम्म निगरानी गरेका थिए। यसबाहेक नेसनल क्लेम डाटाको विश्लेषण गरी संक्रमण मुक्त भइसकेपछि पनि ६ महिनासम्म कति बिरामीमा नयाँ रोग देखापरे भनेर अध्ययन गरिएको थियो। अनि यस तथ्यांकलाई ती मानिससँग तुलना गरियो, जो कहिले कोरोनाबाट संक्रमित भएका थिएनन्।

परिणाम के देखियो भने कोरोना संक्रमण भएर निको भएकामध्ये १४ प्रतिशत मानिसमा नयाँ स्वास्थ्य समस्या भएको पाइयो। जसका कारण उनीहरू फेरि अस्पतालै जानुपर्ने अवस्थासमेत आयो।

नयाँ रोगको जोखिम युवामा धेरै
अनुसन्धानकर्त एलेन म्याक्सवेल भन्छन्, ‘कोरोना ठीक भएपछि नयाँ रोग वृद्धमा भन्दा युवामा बढी देखियो। फेरि त्यस्ता युवा जसलाई पहिले कहिले कुनै स्वास्थ्य समस्या देखिएको थिएन।’

अनुसन्धानकर्ताका अनुसार कोरोना संक्रमणबाट निको भएपछि पनि लामो समय स्वास्थ्यको हेरविचार आवश्यक देखिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .