ad ad

राजनीति


जनकपुर अस्पताललाई संक्रमित उपचारको दैनिक विवरण पेस गर्न अदालतको आदेश

जनकपुर अस्पताललाई संक्रमित उपचारको दैनिक विवरण पेस गर्न अदालतको आदेश

शैलेन्द्र महतो
जेठ १४, २०७८ शुक्रबार १४:५५,

उच्च अदालत जनकपुरले जनकपुर प्रादेशिक अस्पताललाई दैनिक रुपमा भर्ना गरिएका काेराेना संक्रमित र तिनकाे उपचारसम्बन्धी विवरण पेस गर्न अन्तरिम आदेश दिएको छ।

अधिवक्ता राजकुमार महासेठले प्रदेश २ मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालय, प्रादेशिक अस्पताल जनकपुर लगायत ९ वटा कार्यालयलाई विपक्षी बनाइ दायर गरेको रिट उपर सुनुवाई गर्दै उच्च अदालतले ६ बुँदे अन्तरिम आदेश दिएको हो।

उच्च अदालतका न्यायाधीश डालकुमार शर्माको एकल इजलासले शुक्रबार विपक्षीहरुका नाममा दिएको अन्तरिम आदेशमा अस्पतालमा भर्ना हुन आएका संक्रमित बिरामीलाई पूर्ण क्षमता अनुसार भर्ना लिइ आवश्यक स्वास्थ्य उपचार गर्न गराउन भनिएको छ।

प्रादेशिक अस्पतालमा भर्ना हुन आएका बिरामीलाई बेड, अक्सिजन, पीपीई, औषधि लगायतको कृतिम अभाव देखाई भर्ना नलिने र निजी अस्पतालमा पठाउने जस्ता गतिविधि नगरी तत्कालै आवश्यक उपचार गर्न गराउन, संक्रमित विरामीका लागि के कति बेड छुट्याएको र चिकित्सक एवं स्वास्थ्यकर्मीको व्यवस्था गरिएको सोको विवरण तत्काल आदलतमा पेश गर्न आदेश दिइएको हो।

दैनिक कति संक्रमित बिरामी भर्ना भएको र कति उपचार पश्चात निको भएर डिस्चार्ज भएको विवरण सप्ताहिक रुपमा अदालतमा पेश गर्न गराउन आदेश दिइएको छ।

कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा १६ (२) ’क’ बमोजिम भएको मापदण्ड कार्यान्वयन हालसम्म के कति गराएको हो, सोको प्रतिवेदन र अध्यादेश १६ (२) ख बमोजिम कोभिड रोकथाम संक्रमितको उपचार सम्बन्धमा के कस्तो कार्ययोजना बनाएको छ सोको कार्यान्वयनको अवस्थाको प्रतिवेदन पेश गर्न प्रदेश निर्देशन समिति, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई आदेश दिएको छ।

यस्तै जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई संविधान ऐन र कोभिड संकट व्यवस्थापन अध्यादेशको दफा १७ (२) बमोजिमको मापदण्ड हालसम्म के कति कार्यान्वयन गरे वा गराएको सोको विवरणसहितको प्रतिवेदन पेश गर्न आदेश दिएको हो।

कोरोना महामारीमा नागरिकको मौलिक हकको रुपमा रहेको स्वास्थ्य उपचार सेवामा लापरवाही गरिरहेको र नागरिकले उपचार बिनै छटपटाएर मृत्यु वरण गर्नु परिरहेको कारण बाध्य भएर मुख्यमन्त्री कार्यालय लगायतलाई विपक्षी बनाएर उच्च अदालतमा रिट दायर गरेको बताएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश निर्देशन समिति, सामाजिक विकास मन्त्रालय, प्रादेशिक अस्पताल, अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्ट प्रमोद कुमार यादव, प्रादेशिक अस्पताल विकास समिति, जिल्ला कोभिड—१९ व्यवस्थापन समिति धनुषा, जिल्ला प्रशासन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारीसहितलाई विपक्षी बनाएर बिहीबार उच्च अदालतमा आधिवक्ता महासेठले रिट दायर गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .