राजनीति


पुडासैनी प्रकरणमा चितवन कांग्रेसले भन्योः निर्दोष नफसुन्, दोषी नछुटुन्

पुडासैनी प्रकरणमा चितवन कांग्रेसले भन्योः निर्दोष नफसुन्, दोषी नछुटुन्

नेपालखबर
भदौ २, २०७६ सोमबार १३:१८,

नेपाली कांग्रेस चितवनले पत्रकार शालिकराम पुडासैनी प्रकरणको गम्भीररुपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ।

 कांग्रेसले सोमबार प्रेषित गरेको विज्ञप्तिमा निर्दोष जेल पर्ने र दोषी छुट्ने काम हुन नहुने स्पष्ट पारेको छ। नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ र सचिव उत्तम जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा चितवनको पछिल्लो जनप्रदर्शनले सरकारप्रति जनताको विश्वास घट्दै गइरहेको देखाएको जनाइएको छ।

यस्तै, पछिल्ला प्रदर्शनमा सरकार र सम्बन्धित निकायलाई सचेत रहन पनि अनुरोध गरिएको छ।

जनताको मौलिक हकहरु कुनै पनि असहज परिस्थितिमा पनि हनन् हुनु हुँदैन भन्दै विधिको शासन र स्वतन्त्र न्यायपालिकाको सम्मान हुनुपर्नेमा नेपाली कांग्रेस चितवन दृढ रहेको विज्ञप्तिमा उल्लेख छ।

congres chitawan

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .