कारोबार


भाइब्रेण्ट गोवा ग्लोबल एक्स्पोबारे नेपाललाई जानकारी

भाइब्रेण्ट गोवा ग्लोबल एक्स्पोबारे नेपाललाई जानकारी

नेपालखबर
भदौ २, २०७६ सोमबार १३:७,

भाइब्रेण्ट गोवाः ग्लोबल एक्स्पो एण्ड समिट २०१९  बारे नेपाललाई जानकारी गराइएको छ। सो नेपालभन्दा बाहेक १७ वटा रोड शो भइसकेको छ। १८औं रोड शो नेपाल चेम्बर आफ कमर्समा गर्ने क्रममा भाइब्रेण्ट गोवा टोलीले नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रममा आफ्नो प्रस्तुति दिएको थियो।

सो अवसरमा भाइब्रेण्ट गोवा ज्ञान समिटका अध्यक्ष एवं ओपन डेस्टिनेसनका उपाध्यक्ष मिलिन्ड अन्भेकरले १७ देखि १९ अक्टोबर २०१९ मा आयोजना हुने एक्स्पोबारे प्रकाश पारे।

सो एक्स्पोले गोवा राज्यमा भएका उद्योग एवं व्यवसायजगतको सबल पक्ष देखाउने सुवर्ण अवसर भएको र यसबाट व्यावसायिक अवसर प्राप्त भई व्यवसाय तथा ज्ञानको आदान प्रदान करिब १२ मुलुक र भारतका २० प्रान्तका उद्योगी व्यवसायीबीच हुने धारणा राखे । सो एक्स्पोमा कृषि तथा खाद्य प्रसोधन, निर्माण व्यवसाय, हल्का इञ्जिनियरिङ, फर्मा तथा बायोटेक, पर्यटन र मेडिकल टुरिजम, जल परिबहन, सूचना प्रविधि, शिक्षा, मनोरञ्जन, वेडिङ तथा फिल्म डेष्टिनेसन आदि क्षेत्र समावेश भएकोले नेपाली उद्यमी व्यवसायीलाई सो एक्स्पोमा भाग लिन आग्रह एवं अनुरोध गरे।

उक्त असवरमा भाइब्रेण्ट गोवा फाउण्डेसनका मानार्थ सचिव आर्मन बैंकले खनिज जन्य, फायरबलमा संयुक्त लगानी÷व्यवसायमा जोड दिनुका साथै एक्स्पोसँग आबद्ध रीता मोदी जोशीले नेपालको विगत १० वर्षमा बिग्रिँदो पर्यावरणमा सुधार हुने अपेक्षा राखे। फिल्म निर्माणको सिलसिलामा भाइब्रेण्ट गोवाका सीएसआर तथा शिक्षा कमिटीका अध्यक्ष गौतम खार्राङगाटेले फिल्म निर्माणको सिलसिलामा नेपालको निजी क्षेत्रसँग सहकार्य गर्ने उत्सुकता देखाए।

उक्त अवसरमा भाइब्रेण्ट गोवा प्रतिनिधिमण्डलको चेम्बरमा स्वागत गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भाइब्रेण्ट गुजरातको अवधारणाबाट नै अभिप्रेरित भई विगत केही वर्षदेखि भारतका विभिन्न ठाउँहरुमा भाइब्रेण्ट एक्स्पोको नाममा निकै सहहनिय एक्स्पो भइरहेको र सो एक्स्पोमा चेम्बरको प्रभावकारी सहभागिता रहदै गएको उल्लेख गर्दै आगामी १७ देखि १९ अक्टोबर २०१९ मा आयोजित भाइब्रेण्ट गोवामा समेत चेम्बर सहभागी हुन इच्छुक रहेको र यसबाट सुरुमा व्यापार व्यवस्थापन, प्रविधि र समग्र विकास हुनेमा जोड दिए।

सोही अवसरमा काठमाडौंस्थित भारतीय दूतावासका द्वितीय सचिव कपिध्वज प्रताप सिंहद्वारा चेम्बरलाई छलफलमा समावेश गरेर सह्राहनीय कार्य गरेको र यसबाट व्यवसायजन्य कार्य प्रवर्द्धन हुने विश्वास व्यक्त गर्दै गोवा प्रविधिको केन्द्र, कृषिमा आधारित व्यवसाय र पर्यटनमा समेत करिब तीन लाख पर्यटनमा एक लाख २० हजार पर्यटन भारत हुँदै त्यसको विस्तारित प्याकेजको रुपमा नेपाल आउने हुँदा पर्यटन वर्ष २०२० को प्रवर्द्धन गर्न आगामी गोवा एक्स्पो उपयुक्त अवसर हुने बताए।

सो अवसरमा चेम्बरका पदाधिकारी, वस्तुगत तथा आबद्ध संघका पदाधिकराीहरु तथा चेम्बरका सदस्यहरुको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .