ad ad

राजनीति


सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले गरे मन्त्रिमण्डल पुनर्गठन

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले गरे मन्त्रिमण्डल पुनर्गठन

गोकुल जोशी
जेठ १४, २०७८ शुक्रबार १३:५१,

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्।

माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा (एमाले)का दुई मन्त्रीले राजीनामा दिएका छन् भने चार मन्त्री र चार राज्यमन्त्री थपिएका छन्।

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले राजीनामा दिएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले बताए।

यी दुईजना मन्त्रीसहित आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाहलाई माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिन दिएको एमाले स्थायी कमिटी बैठकको निर्देशन उल्लंघन गरेको आरोपमा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले बिहीवार स्पष्टीकरण सोधेको थियो।

दुई जनाले राजीनामा दिएसँगै मुख्यमन्त्री भट्टले चार मन्त्री र चार राज्यमन्त्री थपेका हुन्।

मुख्यमन्त्री भट्टका स्वकीय सचिव ओलीका अनुसार भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दीर्घ सोडारीले पाएका छन्।

यसैगरी आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पूर्णा जोशी र उद्योग, वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी नियुक्त भएका छन्।

सामाजिक विकास मन्त्रालयमा कञ्चनपुरका लाल बहादुर खड्का नियुक्त भएका छन्।

यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रकाश बहादुर शाह नै दोहोरिएका छन्। उनी नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता पनि हुन्।

शुक्रवार मन्त्री नियुक्त हुने सबैजना नेकपा (एमाले)को नेपाल–खनाल समूहका हुन्।

प्रदेश सरकारमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकाे जिम्मेवारीमा विनितादेवी चाैधरी कायमै गरिएकी छन्।

यस्तै, मुख्यमन्त्री भट्टले चार जना राज्यमन्त्री नियुक्त गरेका छन्।

भैतिक पूर्वाधार विकास राज्यमन्त्रीमा चुन कुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्रीमा मना कुमारी साउँद, आर्थिक मामिला राज्यमन्त्रीमा अर्चना गहतराज र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा मान बहादुर सुनार थपिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .