उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि दुर्व्यहार गर्नेहरुमाथि कडा कारवाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई फोन गरेर पोखरेलले स्वास्थ्यकर्मीमाथिको आक्रमण गम्भीर अपराध र अमानवीय भएको बताएका थिए।
उनले स्वास्थ्यकर्मीको सुरक्षामा समेत विशेष ध्यान दिन निर्देशन दिएको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए।
सो क्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले घटनाको सम्बन्धमा छानवीन समिति गठन भएको र सो कार्यक्रमा संलग्न भएका ३ जनालाई पक्राउ गरिसकेको जानकारी गराएका थिए।

प्रतिक्रिया