नेपाली कांग्रेस संसदीय दलले नेपाली राष्ट्रिय कांग्रेसकी संस्थापक सदस्य एवं वरिष्ठ साहित्यकार डा लख्खीदेवी सुन्दासको निधनप्रति दुःख व्यक्त गरेको छ।
कांग्रेसस प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक शोक विज्ञप्तिमार्फत उनको आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन्। नेत्री सुन्दासको ८५ वर्षको उमेरमा गत साउन ३० गते निधन भएको हो।
सन् १९३४ मा जन्मिएकी सुन्दास राजनीतिक, साहित्यिक एवं शैक्षिक क्षेत्रमा सक्रिय थिइन्। नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकी स्व सुन्दास सन् २००१ को भारतीय अकाडमी पुरस्कारबाट विभूषित भएकी थिइन्
प्रमुख सचेतक खाणले सुन्दासले राजनीतिक, साहित्यिक र शैक्षिक क्षेत्रमा पु¥याउनु भएको योगदान सदाका लागि स्मरणीय रही रहने उल्लेख गर्दै उनको निधनले राजनीतिक, साहित्यिक एवं शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएका छन्।

प्रतिक्रिया