ad ad

राजनीति


'महामारीमा आपसी सहयोग र अनुभव आदान-प्रदान महत्वपूर्ण'

'महामारीमा आपसी सहयोग र अनुभव आदान-प्रदान महत्वपूर्ण'

नेपालखबर
जेठ १२, २०७८ बुधबार ११:१२,

 राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मानव जीवनको रक्षाका लागि आपसी सहयोग र अनुभव आदान-प्रदान महत्वपूर्ण हुने बताएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै अध्यक्ष तिमिल्सिनाले अहिलेको पुस्ताले भोग्नुपरेका महामारी मध्येमा यो सबैभन्दा ठूलो मानवीय संकट भएकाले आपासी सहयोग र अनुभव आदान-प्रदानबाट यसलाई पराजित गर्नुपर्ने बताए।

उनले नेपालमा क्रियाशिल मुख्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सहभागी गराएर महत्वपूर्ण कार्यक्रम आयोजनाका गरेकोमा चिनियाँ कम्युनिष्ट पार्टीलाई धन्यवाद दिए।

'विश्वनै एक गाउँका रुपमा स्थापित एक्काइसौ शताब्दीको अन्तरनिर्भर विश्वमा कोभिड–१९ जस्तो महामारी परास्त गर्न अन्तर्राष्ट्रिय सहकार्यनै सबैभन्दा ठूलो औजार हो,' अध्यक्ष तिमिल्सिनाले भने, 'यस महामारी विरुद्धको लडाईमा महामहिम राष्ट्रपति सी चीनफिङको सवल नेतृत्वमा चीनले अग्रणी भूमिका निर्वाह गरिरहेको छ। महामारीको समयमा राज्येले खेल्नुपर्ने भूमिका, संक्रमण दर तिब्र भएको कोरना जस्तो भाइरसको फैलावट रोक्ने विधि ‘लकडाउन’देखि कोभिड प्रतिरोधी खोपको विकासमा चिनिया मोडल विश्वाव्यापी भएको छ।'

चीनले स्वयं महामारीसंग जुधिरहेको समयमा समेत नेपाल सहितका छिमेकी र अन्य मुलुहरुलाई गरेको सहयोग स्मरणीय रहने बताए।

अध्यक्ष तिमिल्सिनाले नेपालमा पहिलो वेभका बेला तुलनात्मकरुपमा कम क्षति भएपनि दोस्रो वेभको संक्रमण र मृत्युदर नियन्त्रणका लागि अस्पतालको शैया, अक्सिजन, आइसीयु, भेन्टिलेटर, व्यक्तिगत स्वाथ्य सुरक्षा सामाग्री (पीपीई), जीवनवर्धक औषधी र खोपको व्यवस्थापनका लागि मित्र राष्ट्र चीनबाट भएको सहयोगका लागि धन्यवाद व्यक्त गरे।

कार्यक्रममा नेपालबाट एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस नेता डा. नारायण खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेलगायत विभिन्न दलका प्रमुख तथा प्रतिनिधिको सहभागीता रहेको थियो।
त्यसैगरी चीनको तर्फबाट विदेश विभागका मन्त्री सोङ ताव र उपमन्त्री चेन झोउ लगायतको प्रतिनिधिमण्डल सहभागी थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .